११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

माओवादीलेजितेका स्थानिय तह यस्ता छन्



काठमाडौं, असोज ९ । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा भएको चुनाव अन्तर्गत अहिलेसम्म १ सय २९ तहको नतिजा आएको छ । यसमा नेकपा माओवादी केन्द्रले ६ जिल्लामा गरी २१ स्थानीय तहमा विजयी भएको छ ।
माओवादीले अहिलेसम्म बारा र सप्तरी कुनै पनि स्थानीय तहमा जितेको छैन । माओवादी केन्द्रले सबैभन्दा बढी सिरहामा ६ स्थानीय तह जितेको छ ।
सिरहा
१ सिरहाको गोलबजार नगरपालिका – देवनाथ साह
२ सिरहाको धनगढीमाई नगरपालिका – हरिनारायण चौधरी
३ सिरहाको मिर्चैया नगरपालिका – श्रवण यादव
४ सिरहाको औरही गाउँपालिका – सिद्धार्थ यादव
५ सिरहाको अर्नामा गाउँपालिका – ठकु महतो कोइरी
६ सिरहाको कर्जन्हा नगरपालिका – गंगा पासवान
पर्सा
१ पर्साको ठोरी गाउँपालिका – पदमलाल श्रेष्ठ
२ पर्साको छिपहरमाई गाउँपालिका – मनोज गुप्ता
३ पर्साको जगरनाथपुर गाउँपालिका – जालिम मियाँ अन्सारी
रौतहट
१० रौतहटको कटहरिया नगरपालिका – सियाराम कुशवाह
२० रौतहटको यमुनामाई गाउँपालिका – श्रीप्रसाद मुखिया विन
३० रौतहटको मौलापुर नगरपालिका – रिनाकुमारी साह
महोत्तरी
१ महोत्तरीको बर्दिबास नगरपालिका – विदुर कार्की
२ महोत्तरीको साम्सी गाउँपालिका – फारुक शेख
३ महोत्तरीको रामगोपालपुर नगरपालिका–अशोक मण्डल
४ महोत्तरी गौशाला नगरपालिका–शिवनाथ महतो
सर्लाही
१ सर्लाहीको बरहथवा नगरपालिका–देवानन्द महतो
२ सर्लाहीको चक्रघट्टा गाउँपालिका – विक्रम यादव
३ सर्लाहीको बागमती नगरपालिका – भरतकुमार थापा
धनुषा
१ धनुषाको विदेह नगरपालिका – बेचन दास तत्मा
२ धनुषाको शहीद नगरपालिका – उदय कुमार बरबरीया यादव

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  ६ : ३७ बजे