१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

डा. गोविन्द केसी आजदेखि अनशन बस्ने तयारीमा



काठमाडौं, असोज ९ ।
त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले सोमबारदेखि अनशन बस्ने तयारी गर्नुभएको छ ।
संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने प्रयास भइरहेको भन्दै उहाँ अनशन बस्न लाग्नुभएको हो ।
अहिले संसद बैठकले विधेयकमा तोडमोड गरे अनशन कहाँ बस्ने भन्ने निक्र्यौ हुने केसीका सहयोगी डा. जीवन क्षेत्रीले जानकारी दिनुभयो ।
नागरिकमुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएकाले आफूले अनशन थालेको केसीले बताउनुभएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  ७ : ३५ बजे