७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बाराको कोल्हवी नगरपालिकामा एमाले विजयी



बारा, असोज ९ । कोल्हवी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका भरत भण्डारी ७ हजार ४ सय १ मत ल्याई मेयरमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मुरलीधर चौधरीले ७ हजार २ सय ५ मत ल्याउनुभएको हो ।
त्यसैगरी उपमेयरमा एमालेकै सुनैना चौधरीले ७ हजार ३ सय ८४ मत ल्याई विजयी हुनुभएको छ। उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुभ्रदा धिमालले ७ हजार १ सय ७८ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  १० : ३५ बजे