१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

चौध दिनदेखि महिला बेपत्ता



रामपुर, पाल्पा, ९ असोज ।
चौध दिनदेखि हराइरहेकी रामपुर नगरपालिका– ८ कुमराङ बस्ने एक महिला अझै फेला पर्न सक्नुभएको छैन ।
गत भदौ २७ गते बिहानदेखि बेपत्ता २८ वर्षीया थमकुमारी थापा ठाडाको खोजीकार्य तीव्र पारे पनि उहाँ फेला पर्न सक्नुभएको छैन ।

सोही दिन दिउँसो उहाँकै घर नजिकै रहेको कालिगण्डकी नदीमा बग्दै गरेको अवस्थामा स्थानीयले एक शव देखे पनि अहिलेसम्म पहिचान भने हुन नसकेको रामपुर नगरपालिका– ८ का वडा अध्यक्ष बोमबहादुर नामजाली बताउनुभयो ।

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  १२ : ०१ बजे