१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तम्घास–रिडी सडक एकतर्फी रुपमा खुल्यो



गुल्मी, १० असोज ।
सुख्खा पहिरो गएपछि अवरुद्ध भएको गुल्मीको तम्घास–रिडी सडकखण्ड सोमबार बेलुकादेखि एकतर्फी रुपमा खुलेको छ ।
रेसुंगा नगरपालिका–१३ दुविचौर नजिकै भँगारीमा सोमबार बिहान सडकमाथिबाट ठूलो पहिरो खसेपछि सडक बाह्र घण्टासम्म पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
सडकमाथिबाट बेलाबेला सुख्खा पहिरो खस्न भने अझै छोडेको छैन । दुईतर्फी रुपमै बाटो खुलाउनका लागि प्रयास भइरहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७४ मंगलबार ००:००  १२ : ५८ बजे