१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

डाक्टरको हड्ताल जारी, देशभरका अस्पतालमा ओपीडी सेवा बन्द हुने



काठमाडौं, ११ असोज ।
डाक्टरको आन्दोलनका कारण वुधबार छैठौं दिनपनि देशभरका अस्पतालका ओपीडीमा विरामीले सेवा नपाउने भएका छन् । मन्त्रीपरिषद् बैठक र स्वास्थ्यमन्त्री गिरीराजमणी पोख्रेलले डाक्टरका माग पुरा गर्न सरकार सकारात्मक रहेकाले आन्दोलन फिर्ता लिन आग्रह गरेपनि डाक्टरले आन्दोलन फिर्ता नलिदा हजारौं विरामीले उपचार पाएका छैनन् ।
नेपाल चिकित्सक संघले देशभरीका अस्पतालमा आपतकालिन कक्षबाहेकका सेवा बन्द गर्न अस्पताल, डाक्टर र संघ संस्थालाई कडा निर्देशन दिँदै आएको छ । हिजो पनि संघले विज्ञप्ती निकालेर सरकारले आफ्ना माग पुरा नगरेसम्म काममा नफर्कन डाक्टरलाई उर्दी जारी गरेको थियो ।
नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले माग पुरा नभएसम्म डाक्टर काममा नफर्कने अडान दोर्होयाउनुभएको छ । प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको बैठकबाट फर्किएपछि मात्रै वार्ता हुने र सहमती भएमा ओपीडी सेवा खुल्ने उहाँले उज्यालोलाई जानकारी दिनुभयो ।
इमरजेन्सि अर्थात आपतकालिन कक्षमा भर्ना हुन नसक्ने र नमिल्ने विरामीले धेरै दुख पाएका छन् । डाक्टको लापरवाहीले विरामीको ज्यान जाने घटना बढेको भन्दै सरकारले जुन डाक्टरको लापरवाहीले विरामीको ज्यान गएको हो उसैबाट क्षतिपुर्ती भराउनेगरी विधेयक बनाउन स्थास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि डाक्टरले आन्दोलन थालेका हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०७४ बुधबार ००:००  ५ : १३ बजे