४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

वीरगञ्ज महानगर मेयरमा संघीय समाजवादी फोरम, उपमेयरमा कांग्रेस



पर्सा, असोज ११ । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको मेयरमा संघीय समाजवादी फोरम र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा संघीय समाजवादी फोरम नेपालका विजय सरावगी र उपमेयरमा नेपाली कांग्रेसकी शान्ति कार्की विजयी हुनुभएको हो ।
वीरगञ्जमा मतगणनाको सुरुमा राजपा अघि रहेको थियो । त्यसपछि कांग्रेसले अग्रता लिएकोमा पछि फोरमले अग्रता लिएको हो । मतगणनाको अन्तिम समयमा फोरमले कांग्रेससँगको मतान्तर बढाउँदै लगेको थियो ।
कसले कति मत ल्याए
संघीय समाजवादी फोरम नेपाल
मेयर (विजय सरावगी १९३९३
उपमेयर (पिंकी यादव १८५३०
नेपाली कांग्रेस
मेयर (अजयकुमार द्विवेदी १७१९७
उपमेयर (शान्ति कार्की १९६०७
राजपा
मेयर (राजेशमान सिंह १२१६५
उपमेयर (रम्भा मिश्र १०६६३
नेकपा एमाले
मेयर (बसुरुद्दिन अन्सारी ८६८८
उपमेयर (सोफिया आचार्य १०६६३
माओवादी केन्द्र
मेयर (रहबर अन्सारी ८३०५
उपमेयर (दुर्गा क्षेत्री ५०२८
फोरम लोकतान्त्रिक
मेयर (विमल श्रीवास्तव ८७०१
उपमेयर (रींकू यादव ७५८६

प्रकाशित मिति : ११ आश्विन २०७४ बुधबार ००:००  २ : ०३ बजे