७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दशैमा मासु खादै हुनुहुन्छ ? यि कुरामा ध्यान दिनुहोस



मायादेवी अनलाइन ।
गाउँशहर दसैँको रमझममा छ । दसैँ भन्न साथ टीका जमरासँग जोडिएर आउँछ, माछा, मास र मिठो खानपान । दसैँमा सबै भन्दा बढी महत्वको कुरा त खानपान कै हुन्छ । अनि चर्चा पनि खानपानकै । त्यसमा पनि मासुको चर्चा मासु खानेहरुको घरमा अनिवार्यरुपमा चलेकै हुन्छ । मासु यसरी पकाउँदा राम्रो, यसरी पकाएको मासुको स्वाद यस्तो भनेर हरेकले आआफ्नो स्वाद अनुसारको दृष्टिकोण प्रस्तुत गर्दछन् ।
दसैँमा त पेटभरी मासु खाने हो भन्ने धारण अहिले पनि व्याप्त छ । शरीरको आवश्यकता भन्दा बढी मासुखाँदा स्वास्थ्य बिग्रने प्रायः निश्चित छ । चाडबाडको बेलामा खानपानमा ध्यन नदिँदा अस्पताल पुग्नुपर्ने अवस्था आउन सक्छ । नमिलाइकन खाएको खानपानले स्वास्थ्यमा असर गर्दछ । त्यसैले खानपानमा उचित ध्यान दिनु आवश्यक छ ।
दसैँमा कस्तो माछा मासु खाने रु
दसैँमा पाक्ने परिकार मध्ये मुख्य परिकार भनेको मासु नै हो । भान्छामा अरु जे पाके पनि धेरैको मुखमा पानी ल्याउने पहिलो परिकार नै मासु हो । पौष्टिक दृष्टिकोणले माछामासु राम्रो हो तर शरीरको आवश्यकता भन्दा बढी खानाले हाम्रो स्वास्थ्यलाई नै असर गर्दछ ।
उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएका दीर्घरोगीले खानपिनमा विशेष ध्यान दिनुपर्छ । यस्ता बिरामीले मासु खाँदा सावधानी अपनाए आत्तिनुपर्ने अवस्था आउँदैन ।
दसैँ भनेपछि मासु खाने हो भनेर जहाँ पायो त्यहाँको, जस्तो पायो त्यस्तो मासु खानाले स्वास्थ्यलाई नै असर गर्छ । मासु कत्तिको स्वस्थ छ । पहिचान गरेर आवश्यकता अनुसार खानुपर्छ अपच हुने गरी खान हुँदैन ।
स्वादको लागि मानिसले सेतो मासु भन्दा रातो मासु मनपराउँछन् । रातो मासुमा बोसो बढी हुन्छ । तर यो खानै हुदैन भन्ने होइन सकिँदैन । अवश्यकता भए खानुपर्छ तर सावधानीपूर्ण रुपमा । तुलनात्मक रुपमा सेतो मासुमा बोसो कम हुन्छ ।
दसैँको समयमा मानिसले धेरै मासु ल्याउने, राख्ने र लामो समयसम्म खाने चलन छ । तर यो उपयुक्त तरिका होइन । यदी लामो समयसम्म राख्ने मासुलाई सुरक्षित रुपमा राख्न सकिएन भने त्यसमा पस्ने व्याक्टेरियाले हाम्रो स्वास्थमा नकारात्मक असर पु¥याउँछ ।
हामी धेरैमा चिल्लो, पिरो, अमिलो र मसालेदार खाने चलन छ । यसले दीर्घरोग भएका बिरामीलाई असर गर्दछ । यस्ता खालका मासु खाँदा उच्च रक्तचाप भएका व्यक्तिलाई मष्तिश्कघात तथा हृदयघात जस्ता रोग लाग्ने सम्भावना रहन्छ । त्यसैले माछामासु पकाउँदा सामान्य तरिकाले चिल्लो पिरो कम गरेर पकाएर खादा राम्रो हुन्छ ।
खानपानमा सन्तुलन गर्न सकिएन भने अनेक खालका समस्या निम्तिन सक्छ । बोसो रहित र रातो मासु कम गर्नाले खानपानमा सन्तुलन गर्नसकिन्छ । मासुमा मात्रा भन्दा गुणस्तरमा ध्यान दिनुपर्छ । मासु तौले र खाने भन्दाप पनि २ देखि ४ पिससम्म खादा राम्रो हुन्छ । यो दसैँमा शुद्ध र स्वस्थ मासु मात्र खाऔं । आफ्नो स्वास्थ्यलाई नै असर गर्नेगरी धेरै खाएर अस्पताल कुर्नुभन्दा कम खानु नै वुद्धिमानी हुन्छ ।

प्रकाशित मिति : १२ आश्विन २०७४ बिहिबार ००:००  ७ : ११ बजे