१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

भत्ताको चेक बोकेर वडा सचिव सम्पर्क विहीन



पाल्पा, १३ असोज ।
पाल्पाको रम्घा गाउँपालिका–४ हुँमिनका वडा सचिवले चेक बोकेर सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन ।
वडा सचिव प्रेम नेपालीले असोज ९ गते रम्भा गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ताको करिब १७ लाखको चेक बोकेर कार्यालयको सम्पर्कमा नआए पछि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको वडाध्यक्ष भोजबहादुर विश्वकर्माले बताउनुभयो ।
गाउँपालिकाबाट चेक बुझेपछि पटकपटक फोन गर्दा समेत सचिवले अध्यक्षको फोन उठाएनन् । असोज १० गतेसम्म अध्यक्षको फोन नउठेपछि दशैँमा ज्येष्ठ नागरिक, एकल महिला तथा दलित बालबालिकाले भत्ता बुझ्न नपाएको गुनासो छ ।
सामाजिक सुरक्षा भत्ता कहिले वितरण गर्ने हो भनेर वडा कार्यालयमा आउने ज्येष्ठ नागरिकलाई रित्तै फर्काउन बाध्य भएका छन् । हुमिनकी ८६ वर्षीया जमुना श्रेष्ठले दशँैअघि भत्ता बुझ्न पाएको भए केही खर्च गर्न राहत हुने बताउनुभयो ।

प्रकाशित मिति : १३ आश्विन २०७४ शुक्रबार ००:००  १ : ५४ बजे