१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड चार घण्टाका लागि बन्द



पाल्पा, असोज १८ । बाटो मर्मतका लागि सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्ड बुधबार चार घण्टाका लागि बन्द गरिएको छ । यो खण्ड बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ठूला ढुङ्गासहितको धुले पहिरो झरेर पटक पटक अवरुद्ध हुँदै आएको सिद्धबाबा क्षेत्रको बाटो मर्मतका लागि बन्द गर्नु परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  ५ : ०५ बजे