१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सिद्धबाबामा बाटो माथिबाट खसेको ढुंगाले लाग्दा चारजना घाइते



पाल्पा, असोज १८ । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिक माथिबाट खसेको ढुंगाले लागेर चारजना घाइते भएका छन् ।
पाल्पाबाट बुटवलका लागि छुटेको लु १७ प १८८३ नम्बरको मोटरसाइकल र स्कारपियो गाडीलाई लाग्दा चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बुधबार बिहान १० बजेतिर ढुंगाले लागेर उनीहरु घाइते भएका हुन् । मोटरसाइकलमा चढेका सैनामैना रुपन्देहीका ३१ वर्षका दिलिप न्यौपाने, २१ वर्षकी नमिता र डेढ वर्षकी अतिश न्यौपाने घाइते भएका हुन् ।
यस्तै स्कारपियोमा रहेका सैनामैनाका २६ वर्षकी सीमा घिमिरे पनि घाइते हुनुभएको छ । स्कारपियोमा रहेको अरु ८ जनालाई भने केही नभएको प्रहरीले जनाएको छ । घाइते सबैको लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  ६ : ४५ बजे