१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड एकतर्फी रुपमा खुल्यो



पाल्पा, असोज १८ ।
बाटो निर्माणका लागि अवरुद्ध सिद्धार्थ राजमार्गअन्र्तगत पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रुपमा खुलेको छ । बिहान १० बजेदेखि दिउसो २ बजे सम्म बाटो बन्द गरी सडक ममर्त गरिएको थियो ।
सडक मर्मतका लागि चार घण्टासम्म बन्द गरिएको सडक अहिले एकतर्फी रुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पटकपटक सिद्धबाबा क्षेत्रमा सडकमाथिबाट पहिरो खस्ने गरेकाले यात्रुले निकै नै सास्ती खेप्दै आएका छन् । दसैँको टिकाकै दिनदेखि पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।
वैकल्पिक बाटो नभएकाले पनि पाल्पा, स्याङ्जा, अर्घाखाँची, गुल्मी, पोखरा, पर्वत कास्कीलगायतका जिल्लाका यात्रुले बेलाबेलामा निकै सास्ती भोग्नुपरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  १० : ५१ बजे