१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

८ दिनपछि एकतर्फी खुल्यो रिडी तम्घास सडक



शिवलाल सुवेदी गुल्मी १८ असोज ।
तम्घास रिडी सडक ८ दिनपछि खुलेको छ । रेसुङ्गा नगरपालिका १३ भगाँरीमा सडक माथीवाट पहाडै खसेर अवरुद्ध भएको रिडी तम्घास सडक बुधवार बिहानवाट एकतर्फी खुलेको छ ।
५ दिनदेखि लगातार २ वटा डोजर लगाएर पहिरो हटाएपछि बुधवार बिहानदेखि रिडी तम्घास सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सडक खुलेपछि अहिले सवारीका साधनहरु सञ्चालनमा आएका छन । दशैको समयमा सडक अवरुद्ध भएपछि यात्रुहरु मर्कामा परेका थिए । १० दिनदेखि सडकमा रोकिएका साना तथा ठुला सवारीका साधनहरु अहिले गन्तब्यतिर लागेका छन । पहिरोका कारण लामो समयसम्म तम्घास रिडी सडक वन्द हुदाँ सदरमुकाम तम्घास लगायत आसपासका क्षेत्रहरुमा इन्धन, फलफुल र तरकारीको समेत अभाव भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  १० : ५४ बजे