७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पौडी खेल्ने क्रममा नारायणी नदीमा डुवेर दुई बालक बेपत्ता



 

नवलपरासी , असोज १८ ।

नवलपरासीको कावासोती नगरपालिका ११, लौगाईमा पौडी खेल्ने क्रममा नारायणी नदीमा डुवेर दुई बालक वेपत्ता भएका छन ।

कावासोती ११ लौगाई बस्ने १० वर्षका थम प्रसाद महत्तो (सुमन) र वर्ष ८ का सुसन महत्तो बुधबार दिउसो नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक रुकमाङ्गत न्यौपानेले बताउनु भयो । बेपत्ता भएका उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  १२ : ५४ बजे