८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

यसरी सक्रिय थिए प्राधिकरणका सिइओ पोख्रेल कांग्रेसमा सक्रिय !



प्यूठान, २० असोज ।
विहिवार पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रा.डा.गोविन्दराज पोख्रेलसँगको सम्वन्धित खवरले धेरै चर्चा पायो । चाडपर्वको बेला भूकम्प पीडितलाई टहरामै राखेर गृहजिल्लामा आएर नेपाली कांग्रेसको चुनावी प्रचारप्रसारमा सक्रिय पोख्रेलको देशभर चर्को आलोचना भएको छ । आफन्त, इष्टमित्र भेट्ने बाहानबाजी बनाएर पोख्रेल पार्टीका कार्यक्रममा सक्रिय भएपछि उनमाथी सवैले खवरदारी गरेका हुन् ।

पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेको प्राधिकरणको प्रमुख पदमा बसेर पीडितको सेवा गर्नुको साटो पोख्रेल सरकारकै सवारीसाधन दुरुपयोग गरेर पार्टीको गतिविधिमा सक्रिय भएपछि उनको व्यवहारप्रति कसैले मन पराएका थिएनन् । जिल्लादेखि केन्द्रसम्म उनको सवैले चर्को आलोचना गरे । अन्ततः निर्वाचन आयोगको विहिवार नै बसेको बैठकले उनलाई तत्कालै प्यूठान छाडेर काममा फर्कन निर्देशन दियो । पोख्रेललाई २४ घण्टाभित्र लिखित जवाफ दिनसमेत आयोगले निर्देशन दिएको छ ।

नेपाली कांग्रेस प्यूठानले सिइओ पोख्रेल दशैँमा आफन्त भेट्न आएको भनेर विज्ञप्ती निकालेपनि उनी पार्टीको प्रचारप्रसारमा लागेको प्रष्ट देख्न सकिन्छ । सामाजिक सञ्जाल फेसबुक) मा उनै पोख्रेलले कांग्रेसका नेता, कार्यकर्ताहरुसँगको भेटघाट, छलफलमा खिचेका फोटाहरु पोष्ट गरेका छन् । उनका फोटोहरु देख्दा लाग्छ, यतिबेला भूकम्पपीडितहरुले उनलाई गिज्जाईरहेका होलान् ।

पोख्रेलको कामकारवाही प्रति आपत्ती जनाउँदै प्यूठानमा क्रियाशिल चार दलहरुले समेत विज्ञप्ती निकालेर सरकारको ध्यानाकर्षण गराएका छन् । विज्ञप्ती जारी भएको केही समयभित्र नै निर्वाचन आयोगले उनलाई गरेको कारवाहीको विषयमा प्रमुख जिल्ला अधिकारीलाई पत्र काटेर तत्कालै जिल्ला छाड्न सहयोग गर्न लिखित निदर््ेशन दिएको थियो ।

 

प्रकाशित मिति : २० आश्विन २०७४ शुक्रबार ००:००  ३ : ०१ बजे