७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बुधबार देखि अवरुद्ध पाल्पा–बुटवल सडक एकतर्फी खुल्यो



पाल्पा, २० असोज ।
बुधबारदेखि अवरुद्ध भएको पाल्पा–बुटवल सडक शुक्रबार बिहानदेखि एकतर्फी रुपमा संचालनमा आएको छ ।
बिहान ७ बजेदेखि मोटरसाईकल, कार जिपलगायत साना सवारी साधन मात्रै संचालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको सिद्धबाबा क्षेत्रमा झरेका ढुंगे पहिरोले गर्दा बाटो अबरुद्ध हुने समस्या भैरहेको हो । पहिरो खस्ने समस्या नरोकिएपछि सडकमा खसेका पहिरो राम्ररी पन्छाउन नसकिएको दोभान प्रहरी चौकीले जनाएको छ ।

दैनिक ५ हजार भन्दा बढी सवारी आउजाउ गर्ने यो सडक बन्द हुँदा हजारौ यात्रुले सास्ती बेहोर्नु परेको छ । बाटो बन्द हुँदा बेहुली लिन हिँडेका बेहुला रित्तै घर फर्किनुपरेको छ भने धेरैका महत्वपुर्ण कामहरु अलपत्र परेका छन् । बाटो अबरुद्ध हुदा धेरैले यस वर्षको दसैँसमेत मनाउन पाएका थिएनन् ।
पाल्पा, गुल्मी, अर्घाखाची, बाग्लुंग, कास्कीलगायतका जिल्ला बाट रुपन्देही आउजाउ गर्ने एउटा मात्रै बाटो भएकाले जोखिम मोलेर यस भेगका जनता यही बाटोको यात्रा गर्न बाध्य छन् ।

प्रकाशित मिति : २० आश्विन २०७४ शुक्रबार ००:००  ४ : ०६ बजे