१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शान्ति सुरक्षा र सुशासन पहिलो प्राथमिकता



शिवलाल सुवेदी, गुल्मी २१ असोज ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले शान्ति सुरक्षासगै सुशासन आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । भर्खरै प्रमुख जिल्ला अधिकारी भएर गुल्मी आउनुभएका अर्यालले शुक्रबार पत्रकारहरुसगँ कुरा गदै जिल्लाको शान्तिसुरक्षा सगै सुशासन आफ्नो प्राथमिकता भएको बताउनुभएको हो ।

सरकारी कार्यालयहरुले दिने सेवा लगायत जिल्लामा सञ्चालनमा रहेको ठुला–ठुला आयोजनाहरुको काममा केही परिर्वतन गर्ने आफ्नो लक्ष्य रहेको समेत उहाले बताउनुभयो । गुल्मीमै जन्मघर भएका अर्यालले अन्य जिल्लामा भन्दा केही नमुना कामहरु समेत गरेर जनताको मन जित्ने बताउनुभएको छ । प्रजिअकै कार्यकक्षमा भएको कार्यक्रममा पत्रकारहरुले जिल्लाको अवस्थाका जानकारीसगै भएका समस्याहरुको वारेमा सुझावहरु दिएका थिए ।

नेपाल पत्रकार महासघंका अध्यक्ष नवराज भुसालले प्रजिअ अर्याललाई बजार अनगुमन, सार्वजनिक यातायातको मनोमानी, जथाभावी सडकमा भएका व्रेक्रर, निमार्ण सामाग्रीहरु राख्ने, सरकारी गाडीको दुरुपयोग जस्ता बिविध बिषयमा सुझाव दिएका थिए ।

 

प्रकाशित मिति : २१ आश्विन २०७४ शनिबार ००:००  २ : १३ बजे