१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अटो रिक्सा दुर्घटना हुँदा मृत्यु



दाङ, २१ असोज ।
यहाँ अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर–१६ को भलैबाट तुलसीपुर आउँदै गर्दा दुर्घटनामा परेकी तुलसीपुर–६ की २९ वर्षीया शशि भुसालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ । अनटेष्ट अटो रिक्सा शुक्रबार दुर्घटना हुँदा अन्य सवार पाँच जना घाइते भएका छन् ।

घाइतेमध्ये घोराहीकी टीका खनाललाई उपचारका लागि नेपालगञ्ज सिफारिस गरी पठाइएकोे छ भने पवित्रा भुसालको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति : २१ आश्विन २०७४ शनिबार ००:००  ८ : ५२ बजे