८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बसले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु



अर्घाखाँची, २२ असोज ।
गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको सितगंगा नगरपालीका ४ ठाडा भेडामारेमा शनिबार बसले स्कुटरलाई ठक्कर दिदा १ जनाको ज्यान गएको छ ।

बुटवलबाट सन्धिखर्क जादै गरेको लु १ ख ५८४७ नम्बरको बसले रुपन्देहीबाट सुपा देउराली दर्शनका लागी जादै गरेको लु ३५ प ८९३ नम्बरको स्कुटरलाई साईट दिन क्रममा ठक्कर दिदा स्कुटरको पछाडी सवार रुपन्देही तिलोत्तोमा १ कि ४५ बर्षिय देबी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७४ आइतबार ००:००  २ : २५ बजे