१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

युवतीलाई अपहरण गरी २ करोड फिरौती माग्ने ६ जना पक्राउ



भुवन पाण्डे, भैरहवा, २२ असोज ।
युवतीलाई अपहरण गरी २ करोड रुपैया फिरौती माग्ने ६ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । अभियुक्तलाई भैरहवामा पत्रकार सम्मेलन गरी सार्वजनीक गरिएको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिकाका २२ वर्षे प्रकाश भुसाल, २१ वर्षे अनमोलजंग राणा, शुद्धोद्धन गाउपालिकाका २१ वर्षे राजीव सुनारी मगर, तिलोत्तमा नगरपालिकाका ३९ वर्षे लालु पुन, सोही स्थानका ३९ वर्षे डम्बर बहादुर राना र अर्घाखा“चीको भुमिकास्थान गाउ“पालिकाका २८ वर्षे दिपक नेपाली छन् ।
उनीहरुले असोज २ गते सैनामैना १ की २१ वर्षे रेखा भुसाललाई अपहरण गरी २ करोड फिरौती मागेका थिए । प्रहरीका अनुसार सैनामैनाको बर्माचोकमा बुटवल जाने बस कुरीरहेकी उनलाई परिवर्तीत नम्बर बा १५ च ६६९७ नम्बरको सवारीमा तानी अपहरण गरी लगेका थिए । अपहरणमा परेकी रेखाको प्रहरीले तिलोत्तमा नगरपालिका ७ सेमराबाट उद्धार गरेको थियो । अभियुत्तले देवदहको घोडाहामा यौटा घर भाडामा लीइ राखने योजना बनाएपनि बुटवल प्रहरीले त्यहा लैजान नपाउदै पक्राउ गरेको थियो ।
अभियुक्तहरुबाट अपहरणमा प्रहयोग भएका लु १ ज ३४३६ नम्बरको मारुती कार, खुकुरी, चक्कु, मोवाइल, साइकल, तन्ना लगायत पनि बरामद भएको छ । उनीहरुलाई अपहरण तथा सरीर बन्दक र संगठित अपराध अन्तरगत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यसैगरी प्रहरीले कर्तव्य ज्यानपछि फिरौती मागेको अभियोगमा सप्तरीको भगतपुर ७ बस्ने २० वर्षे अनमोल खतेवलाई समेत पक्राउ गरेको छ ।
उनले असोज १४ मा सप्तरीको झलही घर भै सिद्धार्थनगर नगरपालिकामा बस्ने आफ्नै ज्वाइ महेश यादवलाई रक्सी खाएको विषयमा विवाद हुदा नाइनलको रसीले बा“धेर हत्या गरेका थिए । अभियोगबाट बच्न उनकै मोवाइल प्रयोग गरी ५ लाख फिरौती मागेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७४ आइतबार ००:००  २ : ४९ बजे