१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नदिका कारण ज्यान गुमाउने स्थिती नरहने



विकास बन्जाडे कपिलवस्तु असौज २४ ।
कुनैबेला कपिलवस्तुका नदिखोलामा पुल नभएकै कारण सयौं बढिले ज्यान गुमाउनुको पिडा अवभने कम हुँदै गएको छ ।
सरकारको झन्डै १ अरव लगानीमा डिभिजन सडक कार्यालय शिवपुरबाट मात्र जिल्लाका विभिन्न स्थानका नदिखोलामा पछिल्लो समय आएर ५ बटा पुल निर्माण सम्पन्न गरिसकेको छभने ७ बटा निर्माणाधिन अवस्थामा छन् ।
नदिखोलामा पुल नभएकै कारण विगत वर्षमा सास्ती पाएका कपिलवस्तु कोपवाका रमेश विक लक्ष्मणघाटमा पुल निर्माण भएसँगै ढुक्कसँग आवतजावत गर्न पाएको बताउनुहुन्छ ।
उहाँ मात्र होइन, महाराजगन्जका राम बहादुर कुर्मि पनि बर्गदीघाट नदिमा पुल सन्चालनमा आएसँगै आवतजावतमा निकै सजिलो भएको अनुभव छ ।
नेपाल सरकार डिभिजन सडक कार्यालय शिवपुरको झन्डै १ अरवको लगानीमा जिल्लाको रामघाट, बर्गदीघाट, लक्ष्मणघाट, सुराइ, जगदीशपुर, चरगहवामा पक्की पुल निर्माण सम्पन्न भैसकेका छन्भने घोराइ, महसैया, कोठी लगायतका स्थानमा निर्माणाधिन रहेको डिभिजन प्रमुख रमेश पौडेल बताउनुहुन्छ ।
सम्पन्न भैसकेका पुल र निर्माणाधिन पुलबाट यहाँका स्थानीयको जिवनस्त्तरमा समेत परिवर्तन आएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  १ : ०१ बजे