७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

राजपा र फोरम मिलेर चुनाव लड्ने ः उपेन्द्र यादव



भुवन पाण्डे २६ भैरहवा, ।
संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी र राष्ट्रिय जनता पार्टी सहकार्य गरेर चुनावमा जाने बताउनुभएको छ ।
आज रुपन्देहीको गैडहवा गाँउपालिकामा पार्टी प्रवेश कार्यक्रममा आउनुभएका यादवले हाम्रा संवाददातासँग कुरा गर्दै दुवै पाटीबीच साझा उम्मेदवार खडा गरी चुनाव लड्ने सहमती भएको समेत बताउनुभयो ।
वाईट १
उहाँले कांग्रेस लगायतसंग छलफल चले पनि अहिलेसम्म राजपा र लोकतान्त्रीक फोरमबीच मात्रै मिलेर चुनाव लड्ने सहमती भएको जानाकारी दिनुभयो ।
लोकतान्त्रिक शक्तिहरु बीच छलफल चलिरहेको छ गठबन्धनमा कुरा मिले सबै लोकतान्त्रिक शक्तिहरु एक भएर चनावमा लड्छौ नभए हामी र राजपा मिलेर चुनावमा जान्छौँ, अध्यक्ष यादवले बताउनुभयो ।
वाईट….२
संघिय समाजवादी फोरम नेपाल एकल, मिलेर र गठबन्धन गरेर चुनाव लड्ने सबै बाटो खुला गरेको अध्यक्ष यादवले बताउनुभयो ।
गएको पहिलो स्थानीय निकायको चुनावमा संगै मिलेर चुनाव लड्न आग्रह गर्दा पनि राजपाले नमान्दा अहिले पछुताउनु परेको बताउँदै मधेशी जनताको अधिकार प्राप्तीका लागि पनि अहिलेको एकता आवश्यक रहेको उहाँले बताउनुभयो । पछि लोकतान्त्रिक शक्ति एक हुनुको बिकल्प नरहेकोले सबै क्षेत्रबाट गठबन्धनको प्रयास भैरहेको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो पटक बाम पाटीहरुको एकता अवसरवादीहरुको चुनावमा सिट जित्नकालागि मात्र भएको उहाँले बताउनुभयो । बाम शक्तिको एकताले एमालेमा माओबादी केन्द्रको बिलयको संभावना देखिएको बताउनुभयो ।

प्रकाशित मिति : २६ आश्विन २०७४ बिहिबार ००:००  १२ : ३४ बजे