१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

वाइसीएल प्युठान भन्छ, अब ‘घरघरमा वाईसीएल जाग्यो’



प्युठान, २७ असोज ।
प्युठानमा ‘एक घर, एक वाईसीएल, एक रोजगार’ अभियान शुरु भएको छ । अभियान अन्तर्गत बुधबार नौबहिनी गाउँपालिकाको प्रथम सम्मेलन गरिएको छ ।
सम्मेलनले बलबहादुर के.सी. ईन्चार्ज र मानबहादुर के.सी. अध्यक्ष रहेको ३५ सदस्यीय वाईसीएल नौबहिनी गाउँपालिका समिति गठन गरेको छ । जसको उपाध्यक्षमा पूर्ण राना, दल बहादुर खड्का, दिलमाया सुनार छन् । सचिवमा प्रभात वि.क., सहसचिवमा छविलाल बुढामगर र कोषाध्यक्षमा भुपाल सिंह बि.क. चयन भएका छन् ।
‘एक घर, एक वाईसीएल, एक रोजगार’ भन्ने नारासहित देशभर संगठन विस्तार अभियान थालेका छौं,’ वाईसीएल नेपालका केन्द्रीय सदस्य मुकेश थापाले भन्नुभयो, ‘प्यूठानमा पनि वाईसीएल जगाउने अभियान शुरु भएको छ ।’
देशभरका स्थानीय तहका वडाहरुमा कात्तिक ११ गते वाईसीएल कमिटीको वडा भेला गर्ने निर्देशन दिँदै थापाले स्थानीय तहमा स्थानीय उत्पादनलाई प्राथमिकतामा युवालाई रोजगार बनाउनु पर्ने बताउनु भयो ।

प्रकाशित मिति : २७ आश्विन २०७४ शुक्रबार ००:००  १ : ४९ बजे