१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

बाम एकता देश र जनताको हितमा



सितगंगा, अर्घाखाँची, २८ असोज ।
नेकपा एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष चेतनारायण आर्चायले बाम एकता देश र जनताको हितमा भएकोले आत्तिनु पर्ने अवस्था नरहेको बताउनु भएको छ ।

एमालेले अहिले देश निमार्णको नेतृत्व गरिरहेकाले बाम एकता गरेर देशलाइ समाजबाद तर्फ उन्मुख गर्न एमाले अग्रसर भएको बताउनुभयो । शितगंगगा नगरपालिकामा भएको अगुवा कार्यक्रता भेटघाट तथा प्रशिक्षात्मक कार्यक्रममै बोल्दै अध्यक्ष आर्चायले यस्तो बताउनुभएको हो ।

आगामी चुनाबमा आफ्नो नाम प्रदेश सभाका लागि सिफारिस भएको र तालमेलको क्रममा माओवादी वा अन्य पाटीलाई छाड्न परे पनि आफु तयार रहेको बताउदै पदको लोभ गरेर गरेको राजनितीले दिर्घकालिन फाइदा दिन नसक्ने बताउनु भयो ।

यस्तै नेकपा एमाले शितगंगा नगर सयोजक बसन्त श्रेष्ठले नगरपालिकाको बिकास बजेटको नाममा बिनियोजन भएको रकम हिनाबिना हुन नदिन र भष्टचार हुन नदिन एमालेका बडा अध्यक्षहरुलाई सजक रहन अनुरोध गर्नु भयो । कार्यक्रमको सञ्चालन नगर सचिव ऋषि घिमिरेले गर्नु भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७४ शनिबार ००:००  ३ : २० बजे