१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश



काठमाडौं, असोज २९ ।
राप्रपाका नेता तथा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको कार्यक्रममा उहाँ एमालेमा प्रवेश गर्नुभएको हो । शनिबार मध्यरातदेखि संसदको अवधि सकिएपछि आइतबार बिहान यादव एमालेमा प्रवेश गर्नुभएको हो ।

 

प्रकाशित मिति : २९ आश्विन २०७४ आइतबार ००:००  ६ : २४ बजे