१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

माओवादी केन्द्रले आजै सरकार छाड्ने, देउवाले राप्रपालाई सरकारमा ल्याएपछि केन्द्र सशंकित !



काठमाण्डौं, ३० असोज ।
काठमाडौँ । सत्तारूढ दल नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक उपप्रधानमन्त्री, तीन मन्त्री र चार राज्यमन्त्री थपेपछि माओवादी केन्द्रलेले सरकार छाड्ने तयारी गरेको हो ।
माओवादी केन्द्रले सरकार छाड्ने तयारी स्वरूप उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आइबारबाटै आफ्नो कार्यकक्ष छाडिसकेका छन् । महराले कार्यकक्ष छाड्ने क्रममा आफ्ना सबै व्यक्तिगत सामान पनि लिएर बाहिरिएको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।
नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने निस्कर्षमा पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई सरकारमा ल्याएपछि सशंकित बनेका माओवादी केन्द्रले आफ्ना सवै मन्त्रिलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
माओवादीका मन्त्रीहरुलाई विना विभागीय बनाउन प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापासहित चार मन्त्री थपिसकेका छन् । राप्रपा सरकारमा गएपछि सशंकित माओवादी केन्द्रले आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेको हो ।

 

प्रकाशित मिति : ३० आश्विन २०७४ सोमबार ००:००  ९ : ५९ बजे