१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सिद्धार्थद्धारा सञ्चालित परियोजनाको अनुगमन



अविनाश बेल्वासे, कपिलवस्तु, ३१ असोज ।
सिद्धार्थ सामाजिक बिकास केन्द्रद्धारा गुणस्तरिय शिक्षाका लागि सिमान्तकृत समुदायको शसक्तिकरण परियोजना सञ्चालित क्षेत्रमा सोमबार सरोकारवालाले अनुगमन गरेका छन् ।

कपिलबस्तुका ३ स्थान मायादेबि गाउपालिका वाड नं ३ फुलीका स्थित श्री जनता नि. मा. वि, सुद्धोधन गाउपालिका वाड नं. २ नन्दनगर स्थित श्री नि. मा. वि र शुद्धोधन गाउपालिका वाड नं. १ पतरिया स्थित नटुवा बस्तिमा सञ्चालित परियोजनाको अनुगमन गरिएको सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले बताउनुभयो ।

जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलिको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमन गरिएका बिद्यालयहरुमा कक्षा कोठा देखि पठन पाठनको क्षेत्रमा समेत पहिलेको भन्दा सुधार भएको पाईएको सरोकारवालाले बताएका छन् ।

पहिले बिद्यार्थीहरुले बस्नको लागि घरबाट बोरा वा चकटी बोकेर आउनु पर्ने बाध्यता थियो । अहिले सामाजिक बिकाश केन्द्रको सहयोगले सो समस्या हटेको जनता नि. मा. वि फुलिकाका प्राधानाध्यापक शालिकराम बरईको भनाई छ ।

परियोजनाले बिद्यालय जानबाट बन्चित बिद्यार्थीलाई बिद्यालय सम्मको पहँुचमा बृद्धि गर्ने, भर्ना भएर बिद्यालय छाड्नेहरुको संख्यामा न्युनिकरण गर्ने र सिकाई उपलब्धिमा बृद्धि गर्ने लगायत उद्देश्य राखेर काम गरिरको छ ।

त्यसैगरि सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको नेतृत्वमा रहेको अनुगमन टोलीलाई शुद्धोधन गाउपालिका वाड नं. १ पतरिया स्थित नटुवा बस्तिका समुदायले आफुहरुलाई लोपोन्मुख जातिमा नराखिएकोमा गुनासो गरेका छन । साथै उनिहरुले अर्याल समक्ष आफुहरुलाई लोपोन्मुख जातिमा राख्नुपर्ने माग समेत राखेका छन ।

गाउंगाउंमा सर्प नचाउदै हिड्ने नटुवा जातिको पुर्खौलि पेशा हो । पछिल्लो समयमा यो पेशा सङ्कटमा पर्दै गएकोछ । कपिलबस्तुको शुद्धोधन गाउपालिका वाड नं. १ पतरिया स्थित प्रगतिनगरमा १४ घर नटुवा जाति छन ।

उक्त अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी अर्याल, सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम भट्टराई, जिल्ला बाल कल्याण समिति कपिलबस्तुका राम दयाल ठाकुर, महिला तथा बाल बालिका कार्यालयका दिपेन्द्र पन्थि, सिद्धार्थ सामाजिक बिकास केन्द्रका पुर्ब अध्यक्ष पोम नारायण पौडेल, बर्तमान अध्यक्ष तेज प्रसाद आचार्य, उपादक्ष सुर्य कुमारी शाही, सचिब रोमकान्त घिमिरे, बुद्धआबाज टेलिभिजनका प्रतिनिधि अबिनाश बेल्बासे लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७४ मंगलबार ००:००  २ : ४३ बजे