१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेसले सात जिल्लाका उम्मेदवार टुंग्यायो



काठमाडौं, १ कात्तिक ।
नेपाली कांग्रेस संसदीय समितिको बैठकले सातवटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको बैठकले आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको चुनावमा ती जिल्लामा पार्टीको उम्मेदवार चयन गरेको हो ।
बैठकले ताप्लेजुङ जिल्लामा प्रतिनिधिसभाका लागि केशवप्रसाद दाहाल तथा प्रदेशसभाका लागि लीलादेवी बोखिम (क) र दीपेन्द्रकुमार सेन्दाङ (ख), पाँचथर जिल्लामा प्रतिनिधिसभाका लागि भीष्मराज आङ्दम्बे तथा प्रदेशसभाका लागि नरेन्द्रकुमार केरुङ (क) र सुरेन्द्र दाहाल (ख) हुनुहुन्छ ।
यसैगरी सोलुखुम्बुमा प्रतिनिधिसभाका लागि बलबहादुर केसी तथा प्रदेशसभाका लागि प्रकाशसिंह कार्की (क) र आङगेलु शेर्पा (ख), खोटाङमा प्रतिनिधिसभाका लागि सरस्वती बजीमय तथा प्रदेशसभाका लागि सुभाषकुमार पोखरेल (क) र विष्णुकुमार राई (ख) एवं मनाङमा प्रतिनिधिसभाका लागि टेकबहादुर गुरुङ तथा प्रदेशसभाका लागि चिन्ताबहादुर घले (क) र कर्मा गुरुङ (ख) हुनुहुन्छ ।
त्यस्तै हुम्लामा प्रतिनिधिसभाका लागि मंगल शाही तथा प्रदेशसभाका लागि ठानबहादुर रोकाय (क) र जीवनबहादुर शाही (ख) र जाजरकोटमा प्रतिनिधिसभाका लागि राजीवविक्रम शाह तथा प्रदेशसभाका लागि वेदराज सिंह (क) र दीपकजंग शाह (ख) उम्मेदवार छनौट हुनुभएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १ कार्तिक २०७४ बुधबार ००:००  १२ : ५८ बजे