१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

थाई राजकुमारी आज लुम्बिनी आउँदै



रुपन्देही, कार्तिक २ ।
अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी स्थित नवनिर्मित राजकीय थाई बौद्ध बिहारको समुद्घाटनका लागि थाई राजकुमारी महाचक्री क्रिन्धर्न बिहीवार बुद्धजन्म स्थल लुम्बिनी आउनु हुने भएको छ ।
६२ बर्षीया महाचक्रीले जीवनमा एकपटक लुम्बिनी तीर्थयात्रा गर्ने बौद्ध परम्परा अनुसार उनी थाई बिहारको उद्घाटन पबित्र बुद्धजन्म स्थल लुम्बिनीको तीर्थयात्राका लागि दलबलका साथ पहिलो पटक राजकीय भ्रमणका लागि लुम्बिनी आउन लाग्नुभएको बताइएको छ ।
थाई राजकुमारीको लुम्बिनी आगमनको अवसरमा थाईबौद्ध बिहार लुम्बिनी बसपार्क केन्द्रिय नहर सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा लुम्बिनी बिकास कोषका ज्यालादारी कर्मचारीहरुद्वारा ब्यापक सरसफाई भईरहेको कोष स्थित बनस्यपति शाखा अधिृकृत सब्बीर अहमद खानले जानकारी दिनुभयो ।
यसै गरि थाई राजकुमारीको राजकीय भ्रमण एवं लुम्बिनी तीर्थयात्राकै अवसरमा थाई बौद्धबिहार तथा तिलगंगा आँखा अस्पताल काठमान्डौं को संयुक्त तत्वाधानमा सम्पन्न निःशुल्क आँखा शिबिर समेत संचालन भईरहेको थाई बौद्ध बिहारका ब्यवस्थापक राजन श्रेष्ठले बताउनुभयो ।
यसै गरि थाई राजकुमारीको भ्रमण सौहादर्य पूर्ण वतावरणमा सुसम्पन्न गर्नका लागि आज बिहान नेपालका लागि थाई राजदूत भगवत तान्सकुलको लुम्बिनी आगमन भई सकेको सो बिहारका ब्यवस्थापक श्रेष्ठले जनाउनुभएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७४ बिहिबार ००:००  २ : ०८ बजे