८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सशस्त्र प्रहरीको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु



रुपन्देही, कात्तिक ९ । रुपन्देहीमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । अन्य ३ जना घाइते भएका छन ।
प्रहरीका अनुसार सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेहहियाको ना १ ग ५४१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा सिद्धार्थनगर नगरपालिका ६ बस्ने १८ वर्षका प्रथम रसाइलीको ज्यान गएको हो ।
मोटरसाइकलमा सवार १९ वर्षका शिशिर श्रेष्ठ र १६ वर्षका रसिक क्षेत्रीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  ४ : ३८ बजे