१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

​ठेला हटाउँदै तुलसीपुर उपमहानगरपालिका



तुलसीपुर, ९ कार्तिक ।
तुलसीपुर उपमहानगरपालिकाले बजार क्षेत्रका फुटपाथ पसल र ठेलालाई हटाउन थालेको छ । उपमहानगरपालिकाद्धारा सञ्चालित हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर अभियान अन्र्तगत ठेला र फुटपाथ पसल हटाउन लागेको बरिष्ठ बित्तिय अधिकृत ललित बहादुर घर्तीले जानकारी दिनुभयो । तुलसीपुरको मुख्य बजारका ठेला र फुटपाथ ब्यापारीलाई आफै ब्यवस्थित हुन आग्रह गरेको उपमहानगरले अटेरी गर्नेको समाज जफत गर्न थालेको छ ।

‘तिहार अघि देखि नै सुचना गर्दै आइरहेका थियौं, केहीले आफै हटाए, अटेरी गर्ने मध्य तीन जनाको समान र ठेला जफत गरेर कार्यालयमा ल्याएका छौं’ घर्तीले भन्नुभयो । मुख्य सडक मिचेर राखिएका तीनवटा ठेलालाई फलफूल सहित नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । फलफूल बिग्रने भएकाले सम्बन्धीत ब्यक्तिलाई फिर्ता दिएको तर तीन वटा ठेला कार्यालय मै राखिएको अधिकृत घर्तीले बताउनु भयो ।

नियन्त्रणमा रहेका ठेला फिर्ता दिने वा के गर्ने भन्ने बिषयमा निर्णय हुन बाँकी रहेपनि बजार ब्यवस्थापनमा बाधा पु¥याउनेगरी राखिएका सबै ब्यापार हटाउने उपमहानगरले जनाएको छ । ठेला ब्यापारीका कारण बजार ब्यवस्थापन, सवारीको आवागमन र पैदल यात्रुलाई समेत अप्ठेरो परेकाले ब्यवस्थापन गर्न लागिएको उपमहानगरका प्रबक्ता श्याम डाँगीले बताउनु भयो ।

यता घुमुवा ब्यापारीलाई नियन्त्रण गर्न लागेको तुलसीपुर उद्योग बाणिज्य संघले पनि ठेला र पुटपाथ ब्यापारीलाई हटाउने उपमहानगरको अभियानलाई साथ दिएको छ । कुनै निकायमा दर्ता नगरी सञ्चालन हुने र डुलायर समान बेच्ने ब्यापारीलाई प्रहरीको सहयोगमा नियन्त्रण गर्ने निर्णय गरेको बाणिज्य संघले ठेला र पुटपाथका ब्यापारीलाई पनि ब्यवस्थापन गर्न उपमहानगरलाई आग्रह गर्दै आइरहेको थियो ।

उपमहानगर र उद्योग बाणिज्य संघले फुटपाथ र ठेला ब्यापारीलाई हटाउन थालेसँगै उनीहरुको रोजिरोटी भने खोसिने भएको छ । सानो पुँजी भएकाहरुको आम्दानीको राम्रो श्रोत मानिएको ठेला र फटपाथ ब्यापारलाई हटाउनु भन्दा पनि ब्यवस्थित गर्नुपर्ने उनीहरुको माग छ । बर्षौ देखि आफूहरुले गर्दै आएको ब्यवसाय उपमहानगरपालिकाले बन्द गरिदिंदा परिबार पाल्ने बाटो बन्द भएको उनीहरुको गुनासो छ ।

तर उपमहानगरले भने खाली जमिन नभएकाले ठेला र फुटपाथ पसललाई ब्यवस्थापन गर्न नसकिने जनाएको छ । बजारको नजिक खाली जमिन नभएका कारण उनीहरुलाई ब्यवस्थापन भन्दा पनि हटाउन लागिएको कार्यकारी अधिकृत टोपेन्द्र बहादुर केसीले बताउनु भयो ।

केही समय अघि देखि सञ्चालित यो अभियान बीचमा निष्कृय जस्तै भएपनि पुनः सुरु गरिएको उहाँले बताउनु भयो । हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर अभियान अन्र्तगत मुख्य बजार क्षेत्रमा निमार्ण गरिएका अब्यवस्थित टहराहरु पनि भत्काइने कार्यकारी अधिकृत केसीले जानकारी दिनुभयो ।।​

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  ४ : ४७ बजे