१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

पाल्पाको तिनाउ खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती



रामपुर, पाल्पा कार्तिक १० ।
पाल्पाको सदरमुकाम तानसेनदेखि जिल्लाको पूर्वी दक्षिण क्षेत्रका गाउँ जोड्ने सडकखण्डअन्तर्गत तिनाउ खोलामा पुल निर्माण नहँुदा स्थानीयले निकै सास्ती खेप्नुपरेको छ ।
तानसेनदेखि कसेनी, रुप्से, झडेवा, गोठादी, रहबास, बहादुरपुर हँुदै छिमेकी जिल्ला रुपन्देही, नवलपरासी जोड्ने सडकखण्डमा पर्ने तिनाउ खोलामाथि मोटर चल्ने पुल नहँुदा त्यहाँका हजारौँ स्थानीय मारमा परिरहेका छन् ।
त्यहाँ सडक निर्माण भएको २० वर्ष बितिसक्यो तर अहिलेसम्म खोलामा पुल बन्न सकिरहेको छैन ।
वर्षायामका बेला मात्र नभई सामान्य वर्षा हुँदा खोला वारपार गर्न स्थानीयलाई निकै कष्ट भएको सुरेशकुमार भट्टराई बताउनुहुन्छ । जोखिम मोलैरै भए पनि त्यस क्षेत्रका स्थानीयले खोला वारपार गर्नुपर्ने बाध्यता अहिलेसम्म कायमै छ ।

 

प्रकाशित मिति : १० कार्तिक २०७४ शुक्रबार ००:००  १ : ३८ बजे