२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

दाङमा ४३ मतदान केन्द्र थपिए



१२ कात्तिक,दाङ ।
आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दाङमा ४३ वटा मतदान केन्द्र थप गरिएका छन् । यससँगै जिल्लामा मतदान केन्द्रको संख्या ३९४ पुगेको छ । यसअघि ३५१ वटा मतदान केन्द्र रहेका थिए । सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा १२ वटा मतदान केन्द्र थप गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार तुलसीपुर उपमहानगरपालिकामा १० तथा लमही नगरपालिकामा र राप्ती गाउँपालिकामा छ(छ वटा मतदान केन्द्र थपिएका छन् ।
गढवा र दंगीशरण गाउँपालिकामा तीन(तीन तथा बबई, राजपुर र शान्तिनगरमा एक(एक वटा मतदान केन्द्र थपिएका छन् । जिल्लामा मतदानस्थलको संख्या १५१ वटा कायम गरिएको छ ।
यसअघि स्थानीय तह निर्वाचनका लागि १५१ वटा मतदानस्थल र ३५१ मतदान केन्द्र निर्धारण गरिएको थियो । स्थानीय तह निर्वाचनका लागि दुई लाख ९१ हजार १७२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । अहिले ४७ हजार ७८१ मतदाता थपिएसँगै ४३ वटा मतदान केन्द्र थप गरिएको सूचना अधिकारी कुँवरले जानकारी दिनुभयो ।

जिल्लामा तीन लाख ३८ हजार ९५३ मतदाता रहेका छन् । एक लाख ७२ हजार ८३३ महिला र एक लाख ६६ हजार ११८ पुरुष मतदाता रहेका छन् ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७४ आइतबार ००:००  ६ : ५१ बजे