६ असार २०८३, शनिबार | Sat Jun 20 2026

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु



नवलपरासी, १३ कात्तिक (रासस) ।
नवलपरासीको रामग्राम– १७ पिप्रैयामा आइतबार साँझ ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार रामग्राम– १७ पिप्रैयामा खेत जोतेर फर्किने क्रममा भे१त ४०६६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिँदा रामग्राम– १७ पिप्रैया बस्ने ४० वर्षीय चालक मोहन चौधरीको घटनास्थलमै मृत्यु भएको हो । मृतक चौधरीको शव परीक्षणका लागि परासी ल्याइएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  १ : ५८ बजे