१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गुल्मी माइक्रो दुर्घटनाअपडेट ७ जनाको मृत्यु, ६ घाइते



अर्घाखाँची, कात्तिक १३ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासमका लागि छुटेको माइक्रोबस गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा४ ख ५५०१ नम्बरको माइक्रोबस गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ७ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिनुभयो । माइक्रोबस बुटवलबाट १३ जना यात्रु लिएर तम्घास आएको थियो ।
दुर्घटनामा ज्यान जाने र घाइतेहरुको सनाखत हुन सकेको छैन । प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेको रहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिनुभयो । घाइतेहरुको अवस्था हेरिकन उपचारका लागि पाल्पा पठाउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनाको कारण खुल्न सकेको छैन् । गाडीमा चालकसहित १५ जना थिए । २ जनाको खोजी भइरहेको तम्घासबाट पत्रकार अनिल खत्रीले बताउनु भएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  १० : २२ बजे