१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

भारतीय गाडीको दादागिरी रोक्न बुटबलमा माग !



बुटवल, १५ कार्तिक ।
भारतीय गाडीहरुको ओभरलोडलाई रोक लाउन नसक्दा नेपाली ट्रक व्यवसायीहरु मर्कामा परेको व्यवसायीहरुले गुनासो गरेका छन् । भारवहन क्षमताको निर्णय विपरीत भारतीय गाडिहरुले माल सामान निर्वाध रुपमा ढुवानी गर्दा समेत सरकारी पक्ष मौन रहेको छ ।
मंगलबार बुटवलमा पश्चिमाञ्चल, लुम्विनी ट्रक र बाणगंगा यातायात व्यवसायी समितिले संयुक्त पत्रकार सम्मेलन गर्दै पटक पटक भारवाहन कार्यविधि विपरीत गाडिहरु आइरहेको गुनासो गरे पनि प्रहरी, प्रशासन र भन्सार कुनै पनि निकायबाट सुनुवाई हुन नसकेको व्यवसायीहरुले बताका छन् ।
भारतीय ट्रकहरुले ओभरलोड माल ल्याउँदा समेत ट्राफिक प्रहरीले सामान्य जरीवाना काटेर छोड्ने तर नेपाली व्यवसायीहरुलाई दुख दिने गरेको लुम्विनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले बताउनुभयो ।
ओभरलोड मालबाहक सवारीका कारण बाटोको आयु कम हँुदै कम हुँदै आएको छ । भारवहन कार्यविधि अनुसार ६ चक्के ट्रकले नौ दशमलव ६ टन, दश चक्के ट्रकले १६ दशमलव पाँच टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले ३० टन सम्म बोक्न पाउने व्यवस्था छ । तर हाल भारतिय ट्रकहरुले सो प्रावधान भन्दा दोब्बर तेब्बर माल सामान बोकिरहेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रानाभाटले बताउनुभयो ।
पटक पटक स्थानीय प्रशासनलाई ओभरलोडका बिषयमा जानकारी गराउँदा पनि प्रहरी र प्रशासनले वेवास्ता गरेकाले आफूहरु अन्यायमा परेको पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले बताउनुभयो । अरवौ लगानीमा बनेका नेपाली सडकमा ६० टनसम्म सामान बोकेर सडकमा निर्वाध गुड्दा पनि ट्राफिक प्रहरी रमितले बनेको उहाँको गुनासो छ । ७२ घन्टा मात्रै चल्न पाउने मालवाहक ट्रक बढि समयसम्म गुड्दा पनि प्रहरी मुकदर्शक बनेको व्यवसायीहरुको आरोप छ । पश्चिमाञ्चल यातायात ब्यबसायी समिती, लुम्विनी ट्रक यातायात ब्यबसायी सघं र बाणगंगा यातायात व्यवसायी समितिले समस्या समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७४ बुधबार ००:००  २ : २४ बजे