१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु



भुवन पाण्डे, भैरहवा, १५ कार्तिक ।
रुपन्देहीको रोहिणी गाउपालिका ३ लक्ष्मीपुरमा ट्रकको ठक्कर बाट दुई विद्यार्थीको घटना स्थलमै मृत्यु भएको छ । दुई विद्यार्थी गम्भीर घाईते छन् ।
मृत्यु हुनेमा १२ वर्षिय सन्ध्या पर्जापती र १४ वर्षिया मनिला पर्जापति हुन् । गम्भीर घाइते १४ वर्षिय नितेन चौधरीको मेडिकल कलेज भैरहवा र नितेश चौधरीकोको क्रिमसन अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेले बताउनुभयो ।
भैरहवाबाट परासी जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्र्रकले बुधबार साँझ चार बजे बिद्यार्थीहरुलाई ठक्कर दिएको थियो । आक्रोशित स्थानीयले लास सडकमै राखी बिरोध जनाएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७४ बुधबार ००:००  २ : २० बजे