१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



नवलपरासी, कात्तिक १७ ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल नगरपालिका(१३ बडेरामा मोटरसाइकलको ठक्क्रबाट एक पैदलयात्रीको ज्यान गएको छ ।
बिहीबार राति लु ३३ प ९६ २३ नम्बरको मोटरसाइकलले पैदल यात्री बाँके बैजापुर ४ बस्ने अन्दाजि ४५ वर्षका पे्रम घर्ती मगरलाई ठक्कर दिँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका घर्ती मगरको उपचारको क्रममा भलुही मेडिकल रुपन्देहीमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७४ शुक्रबार ००:००  ४ : ०९ बजे