१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

यु–१९ एसिया कप छनौटमा नेपाल आज युएईसँग खेल्दै



काठमाडौं, १८ कात्तिक ।
उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौट अन्तर्गत आज नेपालले युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका पौने पाँच बजे सुरु हुनेछ ।
युएईसँगको खेल प्रतियोगितामा अघि बढ्न नेपालका लागि महत्वपूर्ण छ । यसअघिका दुई खेल गुमाएको नेपाललाई समूह विजेता वा उत्कृष्ट ६ समूह उपविजेतामा पर्ने सम्भावनाका लागि यो खेल महत्वपूर्ण छ ।
नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले टिमले दुई खेलमा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको भन्दै युएईसँगको खेलमा प्रदर्शन सुधार हुने बताएका छन् । यसअघि बिहीबार भएको खेलमा बहराइनसँग ३–० तथा मंगलबार भएको खेलमा नेपाल किर्गिस्तानसँग २–० ले हारेको थियो ।
१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । नेपाल रहेको समूहमा बहराइन, किर्गिस्तान, युएई र ओमान रहेका छन् ।
अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् । नेपालले २२ गते ओमनसँग खेल्ने छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७४ शनिबार ००:००  ४ : ५४ बजे