४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

देउवा भन्छन्, हँसिया हथौडामा भोट नदिने कांग्रेसलाई कारवाही गर्छु !



मायादेवी अनलाइन, काठमाण्डौं, असार १ कार्तिक ।
भनिन्छ, राजनीतिमा असफल भन्ने केहि हुदैँन । कुनै समय प्रधानमन्त्री शेरबहादुर देउवा मुग्लिन नारायणघाट सडकको निरक्षणमा पुगेका बेला सडक निरक्षण सहित माओवादी केन्द्रकी उम्मेद्धार रेणु दाहाललाई भोट मागेका थिए । भरतपुर पुगेका देउवाले मुग्लिन नारायणघाट सडक खण्डको अवलोकन निरक्षणमा कांग्रेसका कार्यकर्ताहरुलाई भोट हँसिया हतौडामा हाल्न निर्देशन गरेका थिए ।

यहि विषयको चर्चा शनिबार वाणगंगामा चल्यो । बामपंथी गठबन्धन भएपछि देशमा केहि हुने आशा र निरासा दुवै बनाएका युवाहरुको विच देउवाले विगतमा गरेको भाषणको चर्चा गरिएको हो । पटक पटक देशमा निर्वाचन भएपनि जनताका आधारभूत आवश्यक्ता समाधान नभए पछि युवाहरु निराश बनेका छन ।

दैनिक सयौ युवा विदेशको खाडीमा काठमाण्डौबाट उडिरहेको प्रति यहाँका युवालाई कम्ता पिडा छैन । नेताहरुका विभिन्न समयका भाषण र गठबन्धनले जनता आजित बनेका छन ।

कुनै बेला देउवाले भने – गठबन्धनबिरुद्ध मत हाल्दैन, उसका नाम टिपेर म कहाँ पठाउनु, देउवाले भने पार्टी निर्देशन नमान्ने कांग्रेस कार्यकर्ता हुँदैन, त्यसैले म त्यस्ता कार्यकतालाई कारवाही गर्छु अवश्य गर्ने छु ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७४ शनिबार ००:००  २ : ५३ बजे