१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

नेपाल तेस्रो खेलमा पनि पराजीत



काठमाडौं, १८ कात्तिक ।
उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौट अन्तर्गत आज नेपाल युएईसँग १–० ले पराजित भएको छ । युएईका खल्फान हसनले खेलको ७२ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । नेपालले पाएका केही राम्रा अवसर सदुपयोग हुन सकेन ।
नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले टिमले दुई खेलमा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको भन्दै युएईसँगको खेलमा प्रदर्शन सुधार हुने बताएका थिए । तर सोचेजस्तो खेल भने हुन सकेन । यसअघि बिहीबार भएको खेलमा बहराइनसँग ३–० तथा मंगलबार भएको खेलमा नेपाल किर्गिस्तानसँग २–० ले हारेको थियो ।
१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । नेपाल रहेको समूहमा बहराइन, किर्गिस्तान, युएई र ओमान रहेका छन् । नेपालले २२ गते ओमनसँग खेल्ने छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७४ शनिबार ००:००  ३ : २१ बजे