१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

भैरहवामा बिमान दुर्घटना



भुवन पाण्डे, भैरहवा, २० कार्तिक ।
नेपाल एयरलाइनको परिक्षण उडानमा प्रयोग हुने विमान भैरहवामा दुर्घटनामा परेको छ ।
वाई बाह्र मोडलको नाइन एन ए के एस नम्बरको जहाज गौतम वुद्ध विमानस्थलबाट दिउँसो साढे बाह्र बजे उड्ने क्रममा विमानको पछाडिको पाङ्ग्रा पड्किएको थियो । धावन मार्गको बीच भागमा रोकिएको जहाजमा कुनै मानवीय क्षति हुन पाएन ।

जहाजलाई पिकअप भ्यानको प्रयोग गरि रनवेबाट हटाइएको गौतम बुद्ध बिमान स्थलका प्रमुख शिशिल चित्रकारले बताउनुभयो । दुई घण्टा बन्द गरिएको बिमानस्थल अहिले खोलिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७४ सोमबार ००:००  ११ : १५ बजे