१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

जनमोर्चा यसरी कड्कियो, ‘टोपबहादुर रायमाझीलाई भोट दिन्नौं’ !



अर्घाखाँची, २८ कात्तिक ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले प्रतिनिधिसभामा उम्मेदवारी फिर्ता गरे पनि वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका टोपबहादुर रायमाझीलाई भोट नदिने बताएको छ ।
आफ्नो चुनावी कार्यक्रम तथा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राष्ट्रिय जनमोर्चाले केन्द्रीय सहमति अनुसार प्रतिनिधिसभामा उम्मेदवार बनेका शेरबहादुर विवसीको उम्मेदवारी फिर्ता लिएको तर भोट कसलाई दिने भन्ने विषयमा छलफल नभएको बताएको हो ।
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर एकका उम्मेदवार सागर केसी र क्षेत्र नम्बर दुईका उम्मेदवार झबिलाल थापाले प्रदेसशभाको उम्मेदवारका लागि आफूहरु लागि परेको तर प्रतिनिधिसभाका लागि आफूहरु फलानोलाई भोट दिनुहोस् भनेर नभनेको बताउनुभएको छ ।
एमाले र माओवादीले टोपबहादुर रायमाझीलाई राष्ट्रिय जनमोर्चाले भोट दिँदैछ भनेर भ्रम सृजना गरेको राष्ट्रिय जनमोर्चाका नेताहरुको भनाई रहेको छ । देशमा गणतान्त्रिक संविधान आए पनि शान्ति र समृद्धिको महसुस नागरिक गर्न नपाएको उनीहरुको भनाई छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७४ मंगलबार ००:००  ४ : १० बजे