१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अर्घाखाँचीमा विकासको जिम्मा बाम शक्तिले लिन्छ – टोप बहादुर रायमाझी



बिष्णु कुमार आले, अर्घाखाँची, २९ कार्तिक ।
पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का बामपंथी गठबन्धनका उम्मेदवार टोप बहादुर रायमाझीले समग्र अर्घाखाँची विकासको जिम्मा बाम शक्तिले लिने बताउनु भएको छ । उहाँले अव मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढिसकेको उल्लेख गर्दै यो यात्रालाई कसैले रोक्न नसक्ने बताउनुभयो ।
अर्घाखाँचीको छत्रदेव गाउँपालीकाको अर्थनेटाका मतदाता भेटघाट तथा चुनाबी सभालाई संबोधन गर्दै रायमाझीले अबको ५ बर्षमा मुलुकको ७७ जिल्ला मध्ये अर्घाखाँचीलाई बिकास गरेर नमुना जिल्ला बनाउने उद्घोष गर्नुभयो ।
यता सितगंगा नगरपालीका १३ सिमलपानी छेडा, माझगाँउ, पावरा, बिक्रमसोताका मतदाताहरू सँग भेटघाट तथा सिमलपानीको छेडामा चुनावी सभालाई संबोधन गर्दै प्रदेश सभा सदस्य क्षेत्र नं २ का उम्मेदवार रामजी प्रसाद घिमिरेले भेडामारे छेडा पावरा सडकको स्तरउन्नती गरि कालोपत्रे गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाँले आफुले खाईपाई आएको एक र दुई हजार मात्र होईन अब महिनाको ५ हजार भत्ता प्राप्त गर्न बामगठबन्धनका उम्मेदवारलाई बिजय गराउन बृद्धबृद्धालाई आग्रह गर्नुभयो ।
उहाँले ५ बर्ष भित्र गोरूसिङगे सन्धिखर्क सडक टु लाईन बनाउने, नौमुरे जलबिद्युत परियोजना निर्माण गर्ने, गरिबी हटाउने स्वरोजगार सृजना गर्ने, शिक्षा, स्वास्थ्यमा नयाँ सुधार गर्ने बताउनु भयो । कार्यक्रममा एमालेका पुर्व जिल्ला अध्यक्ष पिताम्वर भुषाल, पूर्व अन्चल कमिटी सदस्य पिताम्वर सारू, नगर संयोजक वसन्त कुमार श्रेष्ठ, जिल्ला कमिटी सदस्य कासीराम आचार्य, गिता भाट, शिव कला बिक, माओबादी केन्द्रका, नगर संयोजक बिबेक गैरे, भिम केसी, नगर उप प्रमुख टिकाराम रेश्मीमगर, मणि अधिकारी लगायतले मन्तब्य राख्दै यो देशलाई समृद्ध बनाउन बामगठबन्धनलाई बिजय गराउन अनुरोध गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासँघका केन्द्रीय सभासद तथा नागरिक पत्र शाप्ताहिकका प्रधान सम्पादक, बिष्णु कुमार आले, सिआई जी जिल्ला अध्यक्ष मुक्ति भुसाल, पत्रकार , केषव खनाल लगायतको उपस्थिती रहेको थियो ।
उता अर्घाखाँची प्रदेश सभा, सदस्य क्षेत्र नम्बर १ का उमेदवार चेतनारायण आचार्यले विकास र सम्बृद्धिको लागि वामपन्थी गठबन्धनका उम्मेदवार लाई विजयी गराउन आग्रह, गर्दै छोंटो समयमै आफ्नो पहलमा जिल्लामा विकासको कामले गति लिएको र जिल्लाको सर्बाङ्गीण विकासको लागि बामगठबन्धनका उम्मेदवार लाई भारी मतले विजयी गराउन आग्रह गर्नुभयो ।
बाम गठबन्धनद्वारा मंगलवार छत्रदेब गाउँपालिकाको अर्थनेटा लगायतका गाँउटोलमा मतदाता सँग छुट्टाछुट्टै चुनावी सभामा मन्तव्य राख्दै उहाँले बाम गठबन्धन मुलुकको अपरिहार्य आवश्यकता र नेपाली जनताको तीव्र चाहना भएको बताउनुभयो ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७४ बुधबार ००:००  १ : ४९ बजे