१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तु देशकै खुला संग्राहलय : वृजेश गुप्ता



राजेश चौधरी, कपिलवस्तु, २९ कार्तिक ।
कपिलवस्तु प्रतिनिधी सभा २ का उम्मेद्धवार वृजेश कुमार गुप्ताले कपिलवस्तुलाई देशकै खुला संग्राहलयका रुपमा प्रर्बद्धन गरिने बताउनुभएको छ । बाम गठबन्धनको तर्फबाट उम्मेद्धवार बन्नुभएका गुप्ताले कपिलवस्तुको प्रमुख आर्थिक श्रोतका रुपमा पर्यटन रहेको र यसको प्रशस्त सम्भावना यहाँ भएको बताउनुभयो । कपिलवस्तुको विकासलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणमा विगत देखि नै जोड दिदै आएको बताउदै उहाले अबको जोड बुद्धकालिन पुरातात्विक संरचनाको उत्खनन् , संरक्षण गरि खुला संग्राह बनाइने जानकारी दिनुभयो ।
सदरमुकाम तौलिहवामा बुधबार आयोजित पत्रकार अन्र्तक्रिया कार्यक्रममा बोल्दै गुप्ताले अबको ५ बर्ष भित्रै कपिलवस्तुका १३० बढि पुरातात्विक स्थलको उत्खनन् , प्रर्बद्धन र अन्र्तराष्ट्रिय निकायमा प्रचार गरिने बताउनुभयो । अब केहि दिनमै बन्ने बामपन्थीहरुको स्थायी सरकारले कपिलवस्तुलाई खुला संग्राहलय बनाउन आवश्यक पूर्वाधारमा लगानी गर्ने दाबी गर्नुभयो । पर्यटन प्रर्बद्धन र यसबाट हुने पर्यटन व्यापरले अबको १० बर्षमा कपिलवस्तुका जनता सम्वृद्ध बन्ने उहाको भनाई छ । “हाम्रो मुख्य पेश कृषि हो तर प्रदेशलाई पाल्ने हिम्मत कपिलवस्तु संग छ, यहाँ बुद्ध संग सम्बन्धित १ सय बढि स्थानको उत्खनन गरि प्रर्दशन गरे मात्र प्रदेशको बजेट कपिलवस्तुले उठाउन सक्छ” उहाले भन्नुभयो । लुम्बिनी आउने पर्यटक कपिलवस्तु ल्याउने र ३ दिन सम्म यहाँ राख्न सके यहाँ होटल व्यवसाय, स्थानीय व्यापार प्रर्बद्धन, युवा रोजगारी देखि संस्कृतीको विकास हुने गुप्ताको विश्वास छ । भैरहवामा बन्न लागेका अन्र्तराष्ट्रिय विमानस्थल र लुम्बिनी र तौलिहवाको २ लेन सडकले यसलाई थप प्रर्बद्धन गर्ने बताउदै गुप्ताले अन्र्तराष्ट्रिय बौद्ध परिपथमा लुम्बिनी –तौलिहवा हुदै भारतको श्रावस्ती सम्मको बौद्ध पर्यटनलाई प्रर्बद्धन गरिने जानकारी दिनुभयो ।
२०५६ सालको संसदीय निर्वाचन हुदै २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा विजयी बनेका गुप्ता यस क्षेत्रका विकासका अभियन्ता समेत मानिनुहुन्छ । सदरमुकामलाई सबै क्षेत्रबाट जोड्न पुल तथा कालोपत्रे सडक निर्माणमा मुख्य भूमिका खेल्नुभएका गुप्ता अब हुलाकी राजमार्ग निर्माण, नौमुरे शिचाई आयोजना मार्फत जिल्लाका ४० हजार हेक्टर भू भाग शिचाई गर्ने तथा कपिलवस्तुका पुरातात्विक क्षेत्रको उत्खनन् गरि बार्षिक १० लाख पर्यटक कपिलवस्तु ल्याउने लक्ष्यका साथ अघि बढ्ने योजना रहेको जानकारी दिनुभयो । यस पटकको निर्वाचनमा विकास र परिवर्तनको लागि पनि जनताले आफुलाई चुन्नेमा आफु निकै आशावादी भएको गुप्ताले पत्रकार भेटघाटका क्रममा बताउनुभएको थियो ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७४ बुधबार ००:००  १२ : ०७ बजे