१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

देशलाई कांग्रेसले समृद्ध बनाउँछ : दीपकुमार उपाध्याय



मायादेवी अनलाइन, कपिलवस्तु, ३० कार्तिक ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेस कपिलवस्तुले पनि चुनावी प्रचारप्रसार अभियानलाई तीव्र पारेको छ । यता प्रतिनिधीसभा क्षेत्र नम्बर १ का उम्मेदवार दीपकुमार उपाध्याय र प्रदेशसभा १ का उम्मेदवार पुरन थारु घरदैलो संगै निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटनमा सक्रिय हुनुभएको छ ।

त्यस्सैविच आन कांग्रेसले कपिलवस्तुको बाणगगा नगरपालिका चारनम्बर जितपुरमा एक कार्यक्रमका बिच नगर कार्यलयको उद्घाटन गरेको छ । कार्यालयको उद्घाटन गर्दै प्रतिनिधिसभा क्षेत्र नम्बर १ का दिप कुमार उपाध्यायले लोकतान्त्रिक संघात्मक संविधानलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि सबै सचेत नागरिक अग्रसर हुनुपर्ने बताउनुभएको छ । उपाध्यायले मुलुकलाई समृद्धिको बाटो तर्फ लैजानको लागी नेपाली कांग्रेसले बिशेष पहल गर्र्ने समेत दाबी गर्नुभयो । प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार पुरन थारुले कांग्रेसलाई जिताउन आग्रह गर्दै आफु जनताको विचमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै समानुपातिक तर्फका उम्मेदवार अतहर कमालले नेपाली कांग्रेसलाई जिताउनका लागी सम्पूण आ आफ्नो क्षेत्राट लाग्नुपर्नेमा जोड दिनुभयो । नगर कार्यालयको उद्घाटन समारोहमा, नेपाल महिला संघ केन्द्रिय सदस्य इन्दिरा भट्राई लगायत कांग्रेसका विभिन्न नेताले सम्बोधन गरेको बताइएको छ ।

कार्यक्रम कांग्रेसका नगर कार्यवाहक सभापति बिष्णु थापाको अध्यक्षता र रामजी सेनको सचालनमा सम्पन्न भएको थियो ।
यस्तै बुधबार नै वाणंगगा नगरपालिका वडा नम्बर ११ हथौसा र देउवापारमा घरदैलो एवं भेटघाट कार्यक्रम पनि सम्पन्न भएको नेपाली कांग्रेशले जनाएको छ । यसैविच भोली विहान साविकको लवनी, पतरिय र नन्दनगर गाविसमा घरदैलो तथा भेटघाट कार्यक्रम गरिने निर्वाचन प्रचार प्रसार समिति क्षेत्र नम्बर १ कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७४ बिहिबार ००:००  ४ : ३० बजे