२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

आफुलाई विपन्नताबाट मुक्त पार्न बामगठबन्धनलाई भोट दिनु : बलदेव



मायादेवी अनलाइन, कपिलवस्तु, ३० कार्तिक ।
संयुक्त बामगठबन्धनका तर्फबाट प्रतिनिधिसभा १ का उम्मेदार चक्रपाणि खनाल बलदेबले बुधबार शुद्धोधन गाउपालिका वडा नंंं १ का बिभिन्न टोलमा घरदैलो गर्दै कपिलबस्तुका जनताले सधै आफुलाई पछौैटे र बिपन्न महशुस गर्नमा भोट दिदा गल्ति गरेकाले यस्तो भएको बताउनुभयो । उहाले यसपालि देशलाई भ्रष्टाचार मुक्त गर्ने, शुसासन र सदाचारलाई संस्थागत गर्ने, समृद्धिका सम्बाहक बामपन्थिहरुलाई जिताउने असल मौका आएको बताउनुभएको छ ।

यता नेकपा एमालेका युवा नेता एवं संयुक्त बामगठबन्धनका तर्फबाट क्षेत्र नं. १ प्रदेश सभा १ का बिधायक पदका उम्मेदार बिष्णु पन्थिले मधेशका जनता माथि राज्यबाट कुनै पनि प्रकारको बिभेद वा असमानता नरहने गरि समस्याको समाधान गर्न संयुक्त बाम गठबन्धनले स्वतन्त्र समुहलाई आश्वासन दिएको बताउनुभएको छ । उहाले निर्बाचन क्षेत्र नं. १ को कपिलबस्तु नगरपालिका वडा नं. १० पचेहराबासिलाई घरदैलोको क्रममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाले मतदातासँग एमालेले कहिल्यै पनि जनतालाई धोका नदिने बिश्वास दिलाउनुभयो । घरदैलो अभियानका क्रममा बुद्ध आवाज सँग सक्षिप्त कुराकानि गर्दै जनताले उठाएका बिकासका मुद्दाहरु अबको ५ बर्ष भित्र सम्बोधन गर्ने बताउनुभयो ।

मतदाताले बिगतका दिनमा चुनाब जितेर केन्द्रमा जाने नेताले बिकाश निर्माणमा केहि पहल नगरेका दुखेसो पोखेका थिए । मतदाताले यसपालिको चुनाबमा जनताको साथ बामगठबन्धनलाई भएको भन्दै सुर्य चिन्ह र गोलाकार भित्रको हसिया हथौडामा भोट हाल्ने बताएका छन । घरदैलो अभियानमा समानुपातिक उम्मेदार रिता चौधरी, जिल्ला कमिटि सदस्य हिरालाल पौडेल, क्षेत्रिय कमिटि सदस्य राम मिलन थारु, ओसिम मुसलमान, महिला नेतृ पबित्रा अर्याल, कमला चौधरि लगायतको लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरि प्रतिनिधिसभा १ प्रदेश २ का उम्मेदार फैजल खाँले पनि आज नन्दनगर गाबिशका बर्गदहा, हर्नामपुर र पतरिया गाबिशका बिभिन्न स्थानमा घरदैलो कार्यक्रम गर्नुभएको छ ।
आसन्न मंसिर २१ गते हुन गैरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारले नतिजा आफ्नो पक्षमा पार्ने गरि लागेको छन ।

प्रकाशित मिति : ३० कार्तिक २०७४ बिहिबार ००:००  ४ : ४२ बजे