१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022

बुटवलमा डेंगुसँग लड्दै जनता, भोट माग्न व्यस्त नेता



बुटबल, १ मंसिर ।
बटवलमा डेंगुको संक्रमण फैलिएको छ । दिनदिनै डेंगुका बिरामी बढ्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । नागरिकमा त्रास फैलिएपछि डेंगु रोग फैलाउने लामखुट्टे नष्ट गर्ने र प्रत्येक घरघर पुगेर नागरिकलाई सचेत गराउने काम सुरु गरिएको छ । डेंगु रोगबिरुद्ध बिशेष अभियान सुरु गरिएपनि नागरिकमा त्रास कायमै रहेको छ । बुटवल उपमहानगर र जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको अग्रसरतामा बुटवलमा अभियान चलिरहेको छ ।
बुटवल उपमहानगरपालिकाको स्वास्थ्य टोली, वडाअध्यक्ष, प्रहरी, जनस्वास्थ्य कार्यालयका कर्मचारी, स्वयमसेविका तथा टोल विकास समितिका सदस्यको सहभागितामा प्रत्येक घरघर पुगेर डेंगुबाट बच्ने उपायबारे सचेत गराउने काम गरेका छन् । बिहीबारसम्म ७१५ जनामा डेंगु संक्रमण भेटिएको लुम्बिनी अञ्चल अस्पताल बुटवलले जनाएको छ ।बुटवल उपमहानगरका उपप्रमुख गोमा आचार्यले डेंगुको कुनै बिशेष उपचार नभएकाले नियन्त्रणमा समस्या भएको बताइन डेंगुका बिरामीहरु बढेपछि अहिले बुटवलमा घरघरमा औषधि छर्कने र झुल बाँड्ने काम सुरु गरिएको छ ।
आफूहरु संवेदनशील रहेकाले भन्दै वडाअध्यक्षहरुले स्वास्थ्य स्वयमसेविका र टोल विकास समितिलाई सक्रिय बनाएर लामखुट्टेको टोकाइबाट बच्ने, वातावरण सफा राख्ने र पानी जम्ने खाल्डाखुल्डी पुर्न निर्देशन दिइएका छन् । बुटवलमा डेंगुका विरामी बढ्दै गएपछि अस्पतालमा समेत लामखुट्टे मार्ने औषधी छर्कने काम सुरु भएको छ ।
लुम्बिनी अञ्चल अस्पताल बुटवलसहित विरामीहरुको चाप भएका अस्पतालमा किट छर्कने काम भएको अस्पतालका मेडिकल रेर्कड अधिकृत लक्ष्मीराज रेग्मीले बताए । डेंगु नियन्त्रणका लागि विगतमा थालिएका कार्यक्रमलाई अझ प्रभावकारी वनाएका छौं,अहिले हामी घरघरमा औषधि छर्कने र झुल बाँड्ने काम थालिसकेका छौं ।’ रेग्मीले भने, । रेग्मीका अनुसार सक्रमितहरु विभिन्न जिल्लाका रहेका भएपनि ८० प्रतिशत रुपन्देहीका रहेका छन । त्यसमा पनि ७५ प्रतिशत बुटवलका छन । बुटवलबाट ३७ वटा नमूना परीक्षणका लागि केन्द्रीय जनस्वस्थ्य प्रयोगशालामा पठाइएको थियो । रुपन्देहीका विभिन्न अस्पतालमा कार्यरत डाक्टर तथा स्वस्थ्यकर्मी गरी १२ जनामा डेगुको संक्रमण भएको रेग्मीले बताए ।

प्रकाशित मिति : १ मंसिर २०७४ शुक्रबार ००:००  १ : ३३ बजे