९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

अधिकांश किसानमा मिर्गाैलामा संक्रमणको समस्या



बुटवल, १ मंसिर ।
शरीरमा पानीको मात्रा पर्याप्त नहुनु र लामो समयसम्म खेतबारीमा काम गर्ने कारणले रुपन्देहीका अधिकांश किसानमा मिर्गाैलाको समस्या देखिएको छ ।
खेतबारीमा काम गर्दा लामो समयसम्म शरीरलाई चाहिने पर्याप्त पानी नपिउने र लगातार काम गर्दा शरीरमा रहेको पानी पसिनाका माध्यमबाट बाहिरिने हुँदा पानीको मात्रा कम भएर मिर्गाैलामा संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालय र नेपाल किडनी फाउन्डेशन काठमाण्डौँको आयोजना तथा ब्रिज अफ लाइफ अमेरिकाको सहयोगमा रुपन्देहीका विभिन्न स्थानमा सञ्चालित निःशुल्क मिर्गाैला परीक्षण शिविरमा झण्डै १८ प्रतिशत व्यक्तिका मिर्गाैलामा समस्या देखिएको फाउन्डेशनका अध्यक्ष डा शक्ति बस्नेतले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १ मंसिर २०७४ शुक्रबार ००:००  १ : ४२ बजे