२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

नुवाकोटमा उम्मेदवार लक्षित एम्बुस प्रहार



नुवाकोट, मंसिर १ ।
नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी शुक्रबार बिहान ककनी गाउँपालिका-५, डाँडागाउँमा एम्बुस विस्फोट हुँदा पाँच जना घाइते भएका छन् ।
डा. महत चढेको गाडी पार भइसकेपछि विस्फोट भएकोले डा. महतलाई केही भएन । उहाँ चढेकोभन्दा पछाडिको गाडीमा रहेका पाँच कार्यकर्ता घाइते भए । चुनावी अभियानका कार्यकर्ता चढेको बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा परेर सडकमै पल्टिँदा उपेन्द्र मिश्र, सविन लामा, एसकुमार तामाङ, लिला घर्तीमगर र रमेश राई घाइते भएको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिनुभयो ।
घाइतेहरुलाई उपचारको लागि काठमाडौं लगिएको छ । शुक्रबार ककनी गाउँपालिकाको चतुरालेको चुनावी कार्यक्रममा सहभागी हुन डा. महतको टोली जाँदै गरेको बेलामा आक्रमण भएको हो ।

प्रकाशित मिति : १ मंसिर २०७४ शुक्रबार ००:००  ७ : २४ बजे